Section 143
खारेजी, संशोधन र बचाउ
(१) आयकर ऐन, २०३१ र घर जग्गा बहाल कर ऐन, २०२३ खारेज गरिएका छन्‌ ।

(२) देहायका ऐनहरुमा देहाय बमोजिम संशोधन गरिएका छन्‌:-

(क) ......

(ख) कर्मचारी सञ्चय कोष ऐन, २०१९ मा संशोधनः कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा १८ को खण्ड (ख) को अन्त्यमा रहेका “कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएका छन्‌ ।

(ग) नेपाल पेट्रोलियम ऐन, २०४० मा संशोधनः नेपाल पेट्रोलिम ऐन, २०४० को दफा १३ को खण्ड (ग) झिकिएकोछ ।

(घ) निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा संशोधनः निवृत्ति कोष ऐन, २०४२ को दफा २९ मा रहेका «यस्तै अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरुको सट्टा “आयकर बाहेक अन्य कुनै किसिमको कर लाग्ने छैन” भन्ने शब्दहरु राखिएकाछन्‌ ।

(ङ) नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ मा संशोधनः नागरिक लगानी कोष ऐन, २०४७ को दफा ५१ खारेज गरिएकोछ ।

(च) नेपाल ....... विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० मा संशोधनः नेपाल २? विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को दफा ३० खारेज गरिएकोछ ।

(छ) औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ मा संशोधनः

(१) औच्योगिक व्यवसाय ऐन, २०४९ को दफा १५ को खण्ड (ग), (घ), (ङ), (ज), (ठ), (त), (थ), (द) र (ध) झिकिएका छन्‌ ।

(२) खण्ड (च) मा रहेका “आयकरमा सञ्चालन मितिले दश वर्षसम्म क्रमशः तीस, पच्चीस र बीस प्रतिशत तथा” भन्ने शब्दहरु झिकिएका छन्‌ ।

(ज) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ मा संशोधनः विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ को दफा ५ को उपदफा (१क) झिकिएकोछ ।

(झ) बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ मा संशोधनः बी. पी. कोइराला स्वास्थ्य औद्योगिक व्यवसाय ऐन, २०७३ द्वारा लागू भइसकेको ।

विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा २१ को दोस्रो हरफमा रहेको “आयकर” भन्ने शब्द झिकिएकोछ ।

(ज) त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ मा संशोधनः त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा इड को उपदफा (२) झिकिएकोछ ।

(ट) विद्युत ऐन, २०४९ को दफा १२ मा संशोधनः

(१) विद्युत ऐन, २०४९ को दफा १२ को दफा शीर्षकमा रहेको “आयकर” भन्ने शब्द झिकिएकोछ ।

(२) उपदफा (१), (२), (३), (४), (५) र (६) झिकिएका छन्‌ ।

(ठ) पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ३६ मा संशोधनः पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा ३६ को उपदफा (२) झिकिएकोछ ।

(ड) बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ मा संशोधनः बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा १८ को उपदफा (१) मा रहेको “आयकर” भन्ने शब्द झिकिएकोछ ।

(ढ) नगर विकास कोष ऐन, २०५३ मा संशोधनः नगर विकास कोष ऐन, २०५३ को दफा २४ खारेज गरिएकोछ ।

(ण) दूर सञ्चार ऐन, २०५३ को दफा ३४ को उपदफा

(१) खारेज गरिएकोछ ।

(३) उपदफा (१) वा (२) बमोजिम खारेज वा संशोधन भएका ऐन वा ऐनका दफाहरु अन्तर्गत गरिएका सबै काम कारबाही यसै ऐन अन्तर्गत गरिएका मानिने छन्‌ ।

(४) यो ऐन लागू हुनुभन्दा अघिका आय वर्षको आयकर निर्धारण र असुल उपर गर्ने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा आयकर ऐन, २०३१ का व्यवस्थाहरु लागू हुनेछन्‌ ।